×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक सातामा वाणिज्य बैंकको निक्षेप २६ अर्ब रुपैयाँले बढ्यो

PRIME CA

एक सातामा वाणिज्य बैंकको निक्षेप २६ अर्ब रुपैयाँले बढ्यो

११ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको पहिलो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो साता अर्थात भदौ ३१ गतेसम्मको तुलनामा २६ अर्ब रुपैयाँले धेरै हो । अघिल्लो साता वाणिज्य बैंकहरुसँग ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यस्तै, कर्जा लगानीमा पनि केही सुधार देखिएको छ । एक सातामा कर्जा लगानी ४ अर्ब रुपैयाँले विस्तार भएर असोज ७ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो साता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: