काठमाडौं । ङादी ग्रुप पावरले बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २ सय ९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम १ सय ६१ रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० % हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्