×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डमा जागिर खुल्यो, कार्तिक १७ गतेसम्म आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल धितोपत्र बोर्डमा जागिर खुल्यो, कार्तिक १७ गतेसम्म आवेदन दिन सकिने

Artha Sarokar

२८ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । बोर्डले विभिन्न पदमा २३ जनाका लागि जागिर खुलाएको हो ।

सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ ।

बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको हो । यसमा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साथै, दोब्बर दस्तुर तिरेर थप एक साता (कार्तिक २४ ) गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिन सकिने र परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने  बोर्डले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी