काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोटरसाइकल र स्मार्टफोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।
सरकारले विदेशी मदिरा, ३ सय डलरभन्दा बढीका स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप/कार/भ्यानको आयात मंसिर २९ गतेसम्म लम्ब्याउने भएको छ । विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा सरकारले १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्ब्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्