×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज २८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै, फण्डले लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी