Skip to content
LAXMI SUNRISE BANK

ट्रिटन कलेजकी सीईओले पाईन ‘बेस्ट ईमर्जिङ सीईओ अफ द एयर अवार्ड’

अर्थ सरोकार

काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजकी सीईओ रितु न्यौपाने ‘बेस्ट ईमर्जिङ सीईओ अफ द एयर अवार्ड’बाट सम्मानित भएकी छिन् ।

युनाइटेड अरब इमिरेट्स (दुबई)मा आयोजित एक कार्यक्रमकाबीच न्यौपानेलाई शैक्षिक क्षेत्रको ‘बेस्ट ईमर्जिङ सीईओ अफ द एयर अवार्ड’बाट सम्मानित गरिएको हो । सोही कार्यक्रममा न्यौपानेले कलेज रिडर्स एजुकेशन अवार्ड २०२२ समेत प्राप्त गरेकी छिन् ।

अवार्ड पाएसँगै न्यौपानेले उक्त सम्मानले शैक्षिक क्षेत्रप्रति थप जिम्मेवारी बोध गराएको बताएकी छिन् । ‘यो सम्मान मेरो लागि ठूलो सफलता हो । अवार्डले आगामी दिनमा थप सशक्त भएर अघि बढ्ने उर्जा मिलेको छ’, उनले भनिन्, ‘यो सँगै आगामी दिनमा शैक्षिक क्षेत्रमा थप योगदान दिने कुरामा प्रतिबद्ध छु ।’

त्यस्तै सीईओ न्यौपानेले उक्त सम्मान शैक्षिक अवसरको प्रवद्र्धन गर्ने मिशनको बलियो खुड्किला बनेको समेत बताएकी छिन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK