×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनतेरसका लागि राष्ट्र बैंकले सुरु गर्यो असर्फीको बिक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनतेरसका लागि राष्ट्र बैंकले सुरु गर्यो असर्फीको बिक्री

Artha Sarokar

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारमा धनतेरस पुज्नका लागि सुन र चाँदीका सिक्का (असर्फी)को बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागले बिहीवारबाट असर्फी बिक्री गर्न सुरु गरेको हो ।

राष्ट्र बैंकले जुनसुकै समयमा पनि यस्तो असर्फी बिक्री गरिरहेकै हुन्छ । तर, तिहार नजिकिएसँगै असर्फीको बिक्री ह्वात्तै बढेको छ । बिहीबार राष्ट्र बैंकको टक्सार विभागमा असर्फी किन्नेहरुको बाक्लै भिड लागेको थियो ।

असर्फी एक खालको मुद्रा नै भएपनि यो चलनचल्तीमा भने प्रयोग हुँदैन । असर्फीको बिक्री काठमाडौंमा मात्रै गरिन्छ यसर्थ उपत्यका बाहिरका सर्वसाधारसणले यस्तो सुविधा पाउँदैनन् । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि तिहार (धनतेरस) का लागि सुन र चाँदीको असर्फी बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्री सुरु भएको हो । यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको आचार्यले बताएका छन् । १.५ ग्रामका असर्फी भने यस वर्ष उपलब्ध नरहेको राष्ट्र बैंकले जनाएको छ ।

विभागले १.५ ग्रामको असर्फी उत्पादनको लागि प्रस्तव पठाएको भएपनि राष्ट्र बैंक्को व्यवस्थापनबाट कुनै जवाफ नआएपछि यस वर्ष २.५ ग्राम, ५ ग्राम र १० ग्रामका मात्रै सुनका असर्फी उपलब्ध रहेको आचार्यले जानकारी दिएका छन् । ‘सुनको असर्फीको मूल्य सुनको मूल्यमा भएको घटबढ अनुसार दैनिक रुपमा तलमाथि हुन्छ’, आचार्यले भने, ‘तिहारको धनतेरसलाई लक्षित गर्दै असर्फीको बिक्री सुरु गरेसँगै अहिले असर्फी किन्नेहरुको संख्या ह्वात्तै बढेको छ ।’

बिहीबार सर्वसाधारणले १० ग्रामको सुनको असर्फी ८२ हजार ९०२ रुपैयाँ ५ ग्रामका असर्फीको मूल्य ४१ हजार ४५१ रुपैयाँ र २.५ ग्रामको सुनको असर्फीको मूल्य २० हजार ७२६ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको छ । १० ग्रामको चाँदीको असर्फीको मूल्य भने १ हजार ६०० रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी