काठमाडौं । मन्त्रीपरिषद्को बैंठकमा मदिराको आयात खोल्नुपर्ने प्रस्ताव राख्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई कार्वाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचनको मुखमा व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले मदिराको आयात खोल्न मन्त्रीपरिषद्मा प्रस्ताव चलाएको भन्दै उपभोक्ता संरक्षण मञ्चले उजुरी दर्ता गरेको हो । निर्वाचनको मुखमा सिमित व्यक्तिको लाभका लागि मन्त्री श्रेष्ठ लागि परेको मञ्चले आरोप लगाएको छ ।
मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐन विपरित भएको मञ्चले बताएको छ । प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।