×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको वित्तिय विवरण सार्वजनिक, १०.६१ प्रतिशतले घट्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको वित्तिय विवरण सार्वजनिक, १०.६१ प्रतिशतले घट्यो खुद नाफा

Artha Sarokar

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले पहिलो त्रैमासमा ८७ करोड ४१ लाख ७० हजार खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.६१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको यसअवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ३४.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख २८ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५० पैसाले घटेर ११ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी