×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७९ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७९ पैसा

Artha Sarokar

१४ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिटिजन्स बैंकको खुद नाफामा २७.०९ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणका अनुसार पहिलो त्रैमासमा २७.०९ प्रतिशतले घटेर अर्थात ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि २३.२१ प्रतिशतले घटेर ७१ करोड २४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०९ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ८ करोड ६६ लाख ७७ हजार रुपैयाँ ऋणात्मक छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७९ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी