काठमाडौं । कुनै समय सेयर बजारलाई सट्टा बजारको संघ्या दिएको माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पूँजीबजारका एजेण्डा समावेश गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचलाई लक्षित गर्दै सोमबार माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा नेपाली पूँजी बजारका एजेण्डा उल्लेख गरिएको हो ।
घोषणापत्रमा पूँजीबजारका विषयलाई सम्बोधन गर्दै माओवादीले पूँजी बजारको आधुनिकीकरण तथा संरचनागत सबलिकरणको विषयलाई उच्च प्राथामिकता दिने प्रतिबद्दता गरेको छ ।
घोषणा पत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख गरिएको छ । घोषणा पत्रमा गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई तिव्र गतिमा अघि बढाउने विषयलाई समेत प्रथामिकता दिइएको छ ।
‘बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजारबाट परिचालित स्रोत र तिनको कारोबारबाट बढीभन्दा बढी जनसब्ख्याले लाभ प्राप्त गर्नसक्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने व्यवस्था गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।