काठमाडौं । सानिमा क्यापिटलले आज कात्तिक १६ गते बुधबारदेखि म्युचुअल फन्ड योजना अन्तर्गत सानिमा ग्रोथ फन्डको बिक्री खुला गरेको छ । क्यापिटलले फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । लगानीकर्ताले सानिमा ग्रोथ फन्डमा आज बुधबार कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको क्यापिटलले जनाएको छ ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । फन्डमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ भने प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिने भएको छ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्ने सानिमा क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्