Skip to content
LAXMI SUNRISE BANK

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ५ सय १९ जना आवेदकले पाए सेयर

अर्थ सरोकार

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । हाइड्रोपावरको आइपीओ आज कार्तिक १७ गते बिहीबार बाँडफाँट भएको हो ।  इस्टर्नले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो ।

उक्त आइपिओमा कुल ६२ हजार ५ सय १९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीका कर्मचारीहरुबाट १ हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा १ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK