×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलको १०औं बार्षिक साधारणसभा सम्पन्न, २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईबिएल एस क्यापिटलको १०औं बार्षिक साधारणसभा सम्पन्न, २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित

Artha Sarokar

१८ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कार्तिक १८ गते शक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी