काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १५ करोड १६ लाख १३ हजार १ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, आरबिबि म्युचुअल फण्ड-१, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एनआइसी एशिया ग्रोथ फण्ड, एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १५ करोड १६ लाख १३ हजार १ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नेष्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, रिडी पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएमइ लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स, आशा लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट र माउनटेन हाइड्रो नेपाल लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः