काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० कायम गरेको छ ।