काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.१४ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले यसै अवधिमा २९ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
यस्तै कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी भने वृद्धि भएको छ । कम्पनीको उक्त आम्दानी ३८ करोड ७१ लाख रुपैयाँबाट बढेर ४७ करोड २३ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कर्मचारी सञ्चालन खर्च पनि ५२ लाख रुपैयाँबाट बढेर १ करोड १ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ र रिटेन्ड अर्निङमा १ अर्ब २८ करोड रुपैयाँ छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३६ पैसाबाट बढेर १६५ रुपैयाँ २७ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्