काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ७८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जुन नाफा गत वर्षको तुलनामा २.१४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्ष यसैअवधिमा कम्पनीले २० करोड ३५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने पनि आम्दानी १.१८ प्रतिशतले बढेर ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले विद्युत् बिक्रीबाट ३५ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको वित्तीय नाफा ५५.४७ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन आम्दानी भने ३.२१ प्रतिशतले घटेर २२ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहको छ भने रिर्टन अर्निङमा ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ रहेको छ । साथै प्रतिसेयर आम्दानी ४ पैसाले बढेर १२ रुपैयाँ १९ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्