Skip to content
LAXMI SUNRISE BANK

युनियन हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ७.७६ प्रतिशतले बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीले यस अवधिसम्ममा १ करोड ४४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । जुन नाफा गत वर्षको तुलनामा ७.७६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड ३३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्थै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५.२२ प्रतिशतले बढेर २ करोड ८५ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहको छ भने जगेडा कोष ३३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । साथै प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६९ पैसा हुँदा प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५५ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK