काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । होटलले पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिमा गरेको १२ करोड ३६ लाख रुपैयाँ आम्दानी भन्दा २३४.१५ प्रतिशतले धेरै हो । होटलको आम्दानीमा आकर्षक वृद्धि भएपछि खुद नाफा बढेको हो ।
यता, आम्दानी बढेसँगै होटलले १२ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनी २ करोड १ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष सोल्टीको रिजर्भ कोषमा ५६ करोड ८४ लाख रुपैयाँ मात्र रहेको थियो । होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६ रुपैयाँ ७५ पैसा रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्