×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले यसपटक ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।  यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई वितरण सुरु गरिने बैंकले जनाएको छ ।  गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी