×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा मतदान केन्द्र नजिक विस्फोट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढीमा मतदान केन्द्र नजिक विस्फोट…

Artha Sarokar

४ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । धनगढीमा मतदान केन्द्र नजिक विस्फोट भएको छ । आइतबार मतदानको दिन धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र नजिक विस्फोटक पदार्थ पड्किएको हो ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले पुष्ठी गरेका छन् । तर, विस्फोटबाट कुनैपनि क्षति नभएको जोशीले जानकारी दिएका छन् ।

विस्फोटपछि मतदान केन्द्रमा तनाव सृजना भएको थियो । तर, घटनास्थलमा सेनाको टोली पुगिसकेकोले अवस्था नियन्त्रणमा रहेको डिएसपी जोशीले बताएका छन् । घटनास्थलमा अहिले सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी