बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको एउटा मतपेटिकामा आगजनी भएको छ ।
बाजुराको सो गाउँपालिकाको ‘क’ केन्द्रमा रहेको मतपेटिकामा आगलागी भएको हो । आगलागी भएको मतपेटिका प्रदेश सभा समानुपातिकतर्फको मतपेटिका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मतपेटिकामा कसले आगो लगायो ? भन्नेबारे कुनै पुष्ठी हुन सकेको छैन । मतपेटिकामै आगलागी भएपछि हालका लागि मतदान स्थगित गरिएको छ । सो मतदात केन्द्रमा कुल ८४० मध्ये ५२८ जना मतदाताले मतदान गरेका थिए ।