काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी डा. तोसिमा कार्की जित नजिक पुगेकी छिन् । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो । पछिल्लो मत परिणाम अनुसार ललितपुर क्षेत्र नम्बर ३ मा ४०० मत गणनामा भुसाले १ भोट प्राप्त गरेकी छिन् । योसँगै उनको हार निश्चित भएको आंकलन गरिएको छ ।
यता चितवन छोडेर चुनाव लड्नका लागि गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जित निश्चित बनेको छ । भने चितवन क्षेत्र नम्बर २ मा चुनावमा भिडेका राष्ट्रिय स्वतन्त्र पार्टीका साभापति रवि लामिछानेको जित पक्कापक्की देखिएको हो । चितवनमा रविसँग चुनाव लडे हार्ने डरले प्रचण्ड गोरखा पुगेको विश्लेषकहरुले दाबी गरेका छन् । त्यस्तै, झापा क्षेत्र नम्बर ५ मा भने नेकपा एमालेका केपी शर्मा ओलीले ठूलो मतान्तरले विजयी हासिल गर्ने पक्का देखिएको छ ।
त्यस्तै, भावी प्रधानमन्त्रीका रुपमा हेरिएका गगन थापाको जित निश्चित देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ चुनाव लडेका थापा ठुलो मतान्तरले जित हासिल गर्ने देखिएको हो । यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेलसँग लडेका पोखरेलले चुनाव हार्ने ठुलो सम्भावना रहेको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएका छन् ।
त्यस्तै अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ बाट हरि ढकालले सानदार जित निकाल्ने निश्चित प्राय भएको छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेललाई हराउंदै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका ढकालले सानदार जित निकाल्ने भएका हुन् । यता डा. बाबुराम भट्टराईले हदैसम्मको मेहेनत गरेपनि उनकी छोरी मानुसी भट्टराई यमी भने चुनावमा हार्ने भएकी छिन् ।