×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर ३ मा लगातार घण्टीको लिड, तोसिमा अग्र स्थानमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ललितपुर ३ मा लगातार घण्टीको लिड, तोसिमा अग्र स्थानमा

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले लगातार अग्रता कायम गरेकी छिन् । कार्कीले १ हजार ४८२ मतसहित आफ्नो अग्रता कायम गरेकी हुन् ।

कार्कीको अग्रतालाई नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ मतसहित पछ्याईरहेका छन् । त्यस्तै, माओवादी केन्द्रकी पम्फा भुसाल भने ९८८ मत प्राप्त गर्दै तेस्रो स्थानमा देखिएकी छिन् । मतगणनाको सुरुवातमा एमालेका खड्काको लिडिङ रहेको भएपनि अहिले भने कार्कीले उछिनेकी छिन् ।

माओवादी केन्द्रकी भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा देखिएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी