Skip to content
LAXMI SUNRISE BANK

डडेल्धुरामा देउवाको अग्रता, ५ सयमा ढकालको जम्मा ९७ मत

अर्थ सरोकार

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्र स्थानमा देखिएका छन् । कुल ५ सय मतगणनमा प्रधानमन्त्री देउवाले २३९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

सोही अवधिमा कांग्रेस (बिपी)का कर्णबहादुर मल्लले १४१ मतसहित दोस्रो स्थानबाट देउवालाई पछ्याईरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकाल भने ९७ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK