Skip to content
LAXMI SUNRISE BANK

कास्की-२ मा स्वतन्त्रका कँडेलको अग्रता कायमै

अर्थ सरोकार

कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा रहेका छन् ।

उनलाई नेकपा (एमाले) का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याइ रहेका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले दुई हजार तीन सय ८८ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याइरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK