जुम्ला । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरका साथ जित हासिल गरेका छन् । शाहीले आफ्नो प्रतिस्पर्धीलाई १० हजार बढी मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मत परिणामको अन्तिम नतिजासम्ममा शाहीले २२ हजार ८१९ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाएकी छिन् भने एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका छन् ।