×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ११.५६ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार ११.५६ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३२ कम्पनीको २५ लाख ६९ हजार २ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख ४८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा आरएमडिसी लघुवित्त वित्तिय संस्ठा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तिय संस्था, सिनर्जी पावर डेभलपमेन्ट र सम्बृद्ध फाइनान्स  कम्पनी लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख ४८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, नबिल बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा धेरैले घटेको हो । किसान लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, समता घरेलु लघुवित्त वित्तिय संस्था, न्यादी हाइड्रोपावर, अपर हेवा खोला हाईड्रोपावर र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी