कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङले अग्रता कायम गरेका छन् । तामाङले आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार बढी मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार तामाङले १९ हजार ७४९ मतसहित अग्रता कायम गरिरहेका छन् । त्यस्तै, पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना मगरले भने १४ हजार ५३७ मतसहित दोस्रो स्थान पछ्याईरहेकी छिन् ।