काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज बुधबार मंसिर १४ गतेदेखि १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साथै, दुवै समूहका आवेदकहरुले मंसिर २८ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । लगानीकर्ता प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सक्नेछन् । कालिन्चोक दर्शनको आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट पनि यो आइपीओमा आवेदन दिन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्