×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिन महिनापछि भारतले चामलमा लगाएको प्रतिबन्ध हटायो

PRIME CA

तिन महिनापछि भारतले चामलमा लगाएको प्रतिबन्ध हटायो

१४ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारत सरकारले चामलमा लगाएको निर्यात प्रतिबन्ध हटाएको छ । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध हटाएको जनाएको छ ।

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैर-बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

वैदेशिक व्यापार नियमन एवम् प्रबर्द्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर-बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: