काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन आग्रह गरेको छ । शाखारहित बैंकिङमार्फत बचतकर्ताको रकम हिनामिना हुने घटना बढेसँगै राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामाफर्त कारोबार गर्दा ध्यान दिन आग्रह गरेको हो ।
‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ,’ सूचनामा भनिएको छ, ‘बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्थावमोजिम सेवा उपभोग गर्दा सुरक्षाका विषयहरुमा विशेष ध्यान दिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।’
केही समयअघि मात्रै रुपन्देहीमा माछापुच्छ्रे बैंकको एक शाखारहित बैंकिङ सेवामार्फत रकम जम्मा गराएका सयौँ बचतकर्ताको लाखौँ रुपैयाँ हिनामिना भएको थियो । निक्षेपकर्ताले दुःख गरेर जम्मा गरेको रकम खातामा जम्मा नै नगरी बैंकका प्रनिनिधिले हिनामिना गरेपछि पीडितहरु सडकमा उत्रिएका थिए । तर, सो प्रकरणको जिम्मेवारी बैंकले नलिएपछि नागरिक झनै पीडामा छन् । अहिले पनि बैंकको शाखारहित बैंकिङमार्फत ठगिएकाहरु न्यायको खोजी गर्दै मिडिया र प्रहरी धाउन बाध्य भएका छन् ।
यस्ता छन् राष्ट्र बैंकको सूचनामा उल्लेख गरेका बुँदाहरुः
– बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।
– सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।
– कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ ।
– विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोबारको यकीन गर्न सकिन्छ ।
– शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए नभएको बेला बेलामा बैंक खातामार्फत समेत यकीन गर्नुपर्दछ ।
– व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकीन गर्नुपर्दछ ।
– सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाई गर्ने पोर्टलमा जानकारी गराउनुपर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्