काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् ।
कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएसंगै संचालक समितिको बैठकले पौडेललाई अनुमोदन गरेको हो ।