×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव श्री हाइड्रोपावरको वित्तिय विवरण सार्वजनिक, २५५.१२ प्रतिशतले बढ्यो विद्युत बिक्री आम्दानी

PRIME CA

शिव श्री हाइड्रोपावरको वित्तिय विवरण सार्वजनिक, २५५.१२ प्रतिशतले बढ्यो विद्युत बिक्री आम्दानी

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ घाटा व्येहोरेको छ ।

यता, हाइड्रोपावरको असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानी भने २५५.१२ प्रतिशतले बढेर १५ करोड ५० लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

साथै, कम्पनीको संचालन आम्दानी १३ करोड ८० लाख रुपैयाँ रहेको छ । शिव श्रीको चुक्ता पुँजी १ अर्ब  ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । जगेडा कोष ५७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, हाइड्रोपावरको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४४ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ १९ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: