काठमाडौं । काठमाडौंमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था समस्यामा देखिएको छ । संस्थाबाट प्रवाह गरेको कर्जा उठाउन नसकेपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था समस्यामा परेको हो ।
‘सहकारीबाट लाखौँ रुपैयाँ ऋण लिएकाहरुले भाखा नाघेको वर्षौं बित्दा पनि ऋण तिरेका छैनन्’, सहकारीका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘कर्जा लिएर नतिर्नेमा धेरैजसो जनप्रतिनिधि छन् ।’ ती कर्मचारीका अनुसार कर्जामा लगानी गरेको लाखौँ रुपैयाँ फसेपछि सहकारीमा अहिले बचतकर्ताको बचतको पैसासमेत फिर्ता गर्न सकिने स्थिति छैन । ‘कर्जासँगै बचतको ठूलो हिस्सा सहकारीका कर्मचारीले घरमा लगाएका छन्, त्यसैले पनि सहकारीमा पैसा छैन ।’ – ती कर्मचारीले भने ।
यता सहकारीका अध्यक्ष इन्द्र लामाले पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ऋण लिएर नतिरेको स्वीकार गरे । यधपी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्रै सहकारी समस्यामा परेको अस्विकार गरेका छन् । ‘जनप्रतिनिधि र कर्मचारीको ऋणलेमात्रै सहकारी समस्यामा परेको होइन’, उनले भने, ‘बचतको ठूलो रकम घरमा खर्च भएपछि पैसा फिर्ता गर्न नसकिएको हो । तर, घर बेचेर भए पनि बचतकर्ताको पैसा तिर्छौं ।’
त्यस्तै, अध्यक्ष लामाले बचतकर्ताको पैसा नडुब्ने दाबी गरेका छन् । ‘बचतकर्ताको रकम डुब्दैन’, उनले भने, ‘घर बेचेर भए पनि पैसा फिर्ता गर्छौं ।’
सहकारीले बचतको रकम फिर्ता नगरेपछि सहकारीमा रकम जम्मा गरेका बचतकर्ताहरुले धर्ना समेत दिएका थिए । आफुहरुले दुःख गरेर जम्मा गरेको रकम फिर्ता नगरे स्थिति झनै बिग्रने बचतकर्ताहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्