Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनि ?

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला सिन्दुपाल्चोक साबिक ठुलोसिरुबारी गाउँ विकास समिति वडा नं.३ हाल परिवर्तीत चौतारा साँगाचोकगढी नगरपालिका १३ स्थाई घर भएका ४४ वर्षीय चानष बहादुर गिरी सो कसुरमा पक्राउ परेका हुन् ।

५ लाख ५० हजार बिगो रकम रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले पक्राउ अनुमति जारी गरेपछि फरार रहेका गिरी पक्राउ परेका हुन् । उपत्यक अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलिले उनलाई काठमाडौंको सुकेधाराबाट मङ्सिर १८ गते पक्राउ गरेको हो ।

गिरीलाई आवश्यक कारवाहीका लागि मङ्सिर १९ गते सोमबार प्रहरी वृत्त बौद्ध पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK