×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने प्रस्तावसहित प्रभु बैंकले पुस १४ गते डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाभांश पारित गर्ने प्रस्तावसहित प्रभु बैंकले पुस १४ गते डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

२२ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  प्रभु बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारण सभा पुस १४ गते बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने भएको छ ।

उक्त सभामा कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

साथै, बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने  एजेण्डा पनि रहेको छ । सभाबाट सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी