काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बुधबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।