Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनि हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेस्टमेन्टको नाममा रहेको ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विधमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको विवरण खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK