×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४.९५ प्रतिशत गरी कुल ८.९५ प्रतिशत लाभांश दिने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत गरी कु्ल १६.६३ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७६/७७ मा १५ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो ।

यस्तै आव २०७५/७६ मा सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो भने २०७४/७५ मा पनि १६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी