
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल टेलिकमले मोबाइल रिचार्जमा १० प्रतिशत बोनस प्रदान गर्ने भएको छ । कम्पनीले तिहार तथा छठलाई लक्षित गर्दै यस्तो अफर सञ्चालनमा ल्याएको हो । फेस्टिभ अफरको रुपमा सञ्चालन गरिएको यस अफर रिचार्ज कार्ड तथा पोस मेसिनमा मात्रै लागू हुने उल्लेख गरिएको छ ।
यसको अर्थ नेपाल टेलिकमको रिचार्ज कार्ड खरिद गरी रिचार्ज गरेको खण्डमा र विभिन्न स्थानमा उपलब्ध हुने पोस मेसिन प्रयोग गरि रिचार्ज गर्दा यो बोनस प्राप्त गर्न सकिन्छ । यस अन्तर्गत २० रुपैयाँदेखि ५० रुपैयाँको रिचार्जमा ५ मिनेट, ५१ देखि सय रुपैयाँको रिचार्जमा १० मिनेट, १ सय १ रुपैयाँदेखि २ सयसम्मको रिचार्जमा २० मिनेट बोनस प्राप्त गर्न सकिन्छ । त्यसरी प्राप्त भएको बोनस कल एक दिनसम्म प्रयोग गर्न सकिने छ ।
यस्तै दुई सय १ रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३० मिनेट, ५ सयदेखि ९ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५० मिनेट र हजार रुपैयाँभन्दा बढिको रिचार्जमा सय मिनेट बोनस कल उपलब्ध हुने उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्