Skip to content
LAXMI SUNRISE BANK

नर्भिक हस्पितलले सुरु गर्यो मृगौला प्रत्यारोपण सेवा

अर्थ सरोकार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले सोमबारदेखि मृगौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो ।

बिरामीको माग आवश्यकतालाई ध्यानमा राख्दै हस्पिटलमा मृगौला प्रत्यारोपण सेवा सुरु गरेको अस्पतालका सीईओ अजय कुमार मिश्रले बताएका छन् । ‘विगतमा मृगौला प्रत्यारोपण गर्नुपर्ने थुप्रै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो’, उनले भने, ‘अब भने मृगौला प्रत्यारोपणका लागि बिरामीलाई बाहिर जानुपर्दैन ।’

मृगौला प्रत्यारोपण सेवा सुरु गरेसँगै दुई जनाको मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आर के अग्रवाल नेतृत्वको टोलीले सेवा दिँदै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK