×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

Artha Sarokar

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपाली जनताले सस्तोमा पेट्रोलियम पदार्थ नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डले इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पुष्ठी गरेका छन् ।

शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूती हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गर्न सचिवलाई निर्देशन दिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी