काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।