काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ ।