काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने गभर्नर अधिकारीले बताएका छन् ।
‘मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको छैन तर पनि बैंकहरु व्यवसायिक आवश्यकता बुझेर मर्जरमा गइरहेका छन्’, गभर्नर अधिकारीले भने, ‘यो बीचमा कतै सरकारी बैंकहरुले उक्त आवश्यकता महशुस गर्न ढिलो गरिरहेका त छैनन् ? सोच्नुपर्ने बेला भएको छ ।’
व्यवसायिक आवश्यकता महशुस गरेर सरकारको लगानी भएका बैंकहरु छलफल गरेर अघि बढ्दा उपयुक्त हुने आशय गभर्नर अधिकारीले व्यक्त गरेका छन् । ‘निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नचाहँदा पनि सानो हुनु परेको छ’, उनले भने, ‘त्यसैले छलफल गरेर मर्जरमा जाँदा उपयुक्त हुन्छ, तर मर्जरमा जान राष्ट्र बैंकले कसैलाई बाध्य पार्दैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्