×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इकोनोमिक मिडिया एसोसिएसन (इमान)को अध्यक्षमा रोयल आचार्य सर्वसम्मत

PRIME CA

इकोनोमिक मिडिया एसोसिएसन (इमान)को अध्यक्षमा रोयल आचार्य सर्वसम्मत

११ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरु संगठित भएका छन् । रोयल आचार्यको अध्यक्षतामा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को गठन भएको हो । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका संचालक रोयल आचार्यको नेतृत्वमा ९ सदसीय कार्यसमितिको गठन गरेको हो ।
इमानको कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् भने संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् । यस्तै संस्थाको उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । थप दुई कार्यकारी समिति सदस्य संघको कार्यसमितिले मनोनित गर्नेछ ।
आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानले आगामी साता एक भव्य कार्यक्रमसमेत गर्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: