सरस्वती मया दृष्टा वीणा पुस्क धारिणी ।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।।
आज सरस्वती पुजा । अर्थात, बुनियाँ खाने दिन । सँधै पिठ्युँमा घाम नलागुञ्जेल सुत्ने बालबालिका बिहान सबेरै उठेर नुहाईधुवाई गरी छरपस्ट रहेका पुस्तक एकैठाउँमा जम्मा गरी पुजा गर्छन् । चिटिक्क परेका लुगा लगाएर, निधारमा रातो टिका टल्काउँदै विद्यालयसम्म पुग्छन् । त्यसबेलासम्म सबैलाई एउटै कुरामा ध्यान हुन्छ, ‘आज बुनियाँ खाने दिन’ ।
आज देशभरका विद्यालयहरुमा विभिन्न कार्यक्रम गरि सरस्वती पुजा मनाइदैछ । मनबाट देवी सरस्वतीको पुजा गरे धेरै विद्या आर्जन हुन्छ भन्ने मान्यताका साथ भगवान् सरस्वतीको पुजा-आराधाना गरिँदैछ ।
केही सांस्कृतिक कार्यक्रममा रमाइलो गर्न पाइनेभयो भन्दै खुसी छन् भने केही आजको दिनलाई वर्षभरीकै विशेष दिनका रुपमा मनाईरहेका छन् । तर, स-साना बालबालिकामा भने छुट्टै चिन्ता छ, ‘बुनियाँ खाने’ । र यही बुनियाँ खाने दिनमा यीनै कलिला अनुहारमा देखिएको छुट्टै उमंगलाई अर्थ सरोकारकर्मी कुलराज चौधरी र भुमिदत्त तिवारीले तस्विरमा कैद गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्