काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लघुवित्तको माघ १३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र कर सहित ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने भएको छ ।